Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 11, 2012
सर्वदलीय बैठकको निर्णय

जेठ २९, २०६९
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आज बसेको सर्वदलीय बैठकले निम्न प्रकार निर्णय गरेको छ ।

१. संविधानतः पदमुक्त भैसकेका प्रधानमन्त्री डा. वावुराम भट्टराईबाट विभिन्न अध्यादेशहरु जारी गराउन भैरहेको प्रयत्न प्रति यो बैठक घोर आपत्ति एवं विरोध प्रकट गर्दछ । पदमुक्त भैसकेका प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न मार्ग प्रसस्त गर्नुको सट्टा संविधानको मर्म र भावना विपरीत अध्यादेशको लागि सिफारिश गर्ने कुनै अधिकार छैन । संविधान र सहमति विपरीत षडयन्त्रपूर्ण रुपमा सरकारले चालेका यस्ता कदमहरुको यो बैठक निन्दा एवं भत्र्सना गर्दछ । साथै षडयन्त्रको रुपमा सरकारबाट सिफारिश भै आएको अध्यादेश जारी नगर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष हार्दिक अनुरोध गर्दै ज्ञापन पत्र प्रस्तुत गर्ने निर्णय गरिएको छ । 

२. राष्ट्रलाई ठूलो व्ययभार पार्ने गरी काम चलाउ सरकारका प्रधानमन्त्री विदेश भ्रमण जान लागेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अनावश्यक रुपले राष्ट्रलाई व्ययभार पार्ने गरी काम चलाउ प्रधानमन्त्रीको विदेश भ्रमणलाई कुनै पनि दृष्टिकोणबाट उचित मान्न सकिन्न । सरकारको यो निर्णयप्रति यो सर्वदलीय बैठक घोर आपत्ति एवं विरोध प्रकट गर्दछ ।

३. सर्वदलीय बैठकको विगतको निर्णय अनुरुप आन्दोलनका विभिन्न कार्यक्रमहरु संचालन गर्ने यो बैठक निर्णय गर्दछ । यसका लागि राजनीतिक दलका आ–आफ्ना विशेष कार्यक्रम तथा संयुक्त कार्यक्रमहरु निरन्तर संचालन गरिनेछन् ।

४. एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले “नेपाली सेना आफ्नो पार्टीको भैसकेको, आफ्नो पार्टीसँग अझै हतियार रहेको, आफ्नो उद्देश्य सत्ता कब्जा गर्ने नै हो” भन्ने खालका अभिव्यक्तिहरु दिएको कुरा विभिन्न संचार माध्यमबाट सार्वजनिक भएका छन् । दुस्साहसपूर्ण, उत्तेजनात्मक, कायरतापूर्ण र दिग्भ्रमित पार्ने खालका एनकेपा
(माओवादी) नेतृत्वका यी अभिव्यक्तिप्रति यो बैठक तीव्र निन्दा एवं भत्र्सना गर्दछ ।
  राष्ट्रको एक जिम्मेवार, वफादार एवं तटस्थ संस्था नेपाली सेनालाई समेत विवादमा पार्ने गरी आएका यी भडकाउ र कपटपूर्ण अभिव्यक्तिहरुप्रति सजग रहन सम्वद्ध सबै पक्षसँग यो बैठक आग्रह गर्दछ ।

५. राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री श्री सूर्यबहादुर थापा विगत केही समयदेखि अस्वस्थ हुनु भई काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइरहनु भएको छ । यो बैठक उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
 

Share on Facebook

Attachments#
All Party Meeting - 2069.02.29.doc (23 KB)  वर्ड फरमेटको लागि डाउनलोड थिच्नुहोस्  Download