Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 18, 2011
चैत्र १३, २०६७

चैत्र १३, २०६७
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकको प्रारम्भमा सभापति कोइरालाले विषय प्रवेश गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं द्वन्द पीडित राष्ट्रिय समाज, राष्ट्रिय कार्यसमितिका अध्यक्ष के.बी.गुरुङले प्रस्तुत गर्नु भएको ज्ञापन पत्रका सम्बन्धमा जानकारी दिनु भयो । केन्द्रीय सदस्य के.बी.गुरुङले उक्त ज्ञापन पत्र पढेर कार्यसमितिलाई जानकारी गराउनु भएको थियो । आजकै बैठकमा महामन्त्री प्रकाशमान सिंहले आफ्नो संयोजकत्वमा केन्द्रीय सदस्य बलबहादुर के.सी. सदस्य रहेको २ सदस्यीय समितिको तर्फबाट नेपाल विद्यार्थी संघ बारेको अध्ययन प्रतिवेदन सुझावहरु सहित प्रस्तुत गर्नु भयो ।  आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु— के.बी. गुरुङ, विमलेन्द्र निधि, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली, नविन्द्रराज जोशी, दीपक गिरी, धनराज गुरुङ, शंकर भण्डारी, गगनकुमार थापा, बद्री पाण्डे र ईश्वरी न्यौपानेले आफ्नो धारणा राख्नु भएको थियो । 

केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६७ चैत्र १४ गते सोमबार दिउँसो ३ः०० बजे पुनः बस्नेछ ।

समवेदना
नेपालमा प्रजातन्त्र स्थापनार्थ महत्वपूर्ण योगदान पु¥याएका बीर शहीद गंगालाल श्रेष्ठकी धर्मपत्नी हसनादेवी श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यसमिति लम्जुङका सचिव ४२ वर्षीय अर्जुनबहादुर पराजुली र नेपाली कांग्रेस जिल्ला कार्यसमिति, संखुवासभाका पूर्व सचिव जीवन रेग्मीको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदान सदा स्मरणीय रहिरहनेछ । कार्यसमितिको यो बैठक उहाँहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
                                                                                                                     
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files