Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 18, 2011
चैत्र १४, २०६७

चैत्र १४, २०६७
प्रेस विज्ञप्ति

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा केन्द्रीय सदस्यहरू— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, मीना पाण्डे, एन.पी. साउँद, भीष्मराज आङदम्वे, मो. आफ्ताव आलम, रामकुमार चौधरी, कमला पन्त, महेन्द्र यादव, पुष्पा भुसाल, रत्न शेरचन, जीवन परियार, राजनप्रसाद पन्त र रामचन्द्र तिवारीले आफ्नो धारणा राख्नु भएको थियो । रौतहट, रुपन्देही, बाँके लगायत तराईका जिल्लाहरुमा हालै सार्वजनिक यातायातमा भएको श्रृखंलावद्ध वम विष्फोटप्रति कार्यसमिति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ र यस्ता क्रियाकलाप पुनः दोहोरिन नदिन तथा आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूत गर्ने स्थिति सिर्जना गर्न कार्यसमितिको यो बैठक सरकारसँग मांग गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६७ चैत्र १५ गते मंगलबार विहान ११ः०० बजे पुनः बस्नेछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files