Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
चैत्र २२, २०६७

चैत्र २२, २०६७
प्रेस विज्ञप्ति

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकबाट देहाय अनुसारको शोक प्रस्ताव पारित गरिएको छ ।

(१)  नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी स्व. मिनबहादुर गुरुङका सुपुत्र एवं तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद कास्की निवासी ६९ वर्षीय कृष्णबहादुर गुरुङको गत चैत्र २० गते राति काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा भएको निधन प्रति दुःख व्यक्त गर्दै आजको कार्यसमितिको बैठक स्थगित गरिन्छ र पार्टीको केन्द्रीय कार्यालय र सम्बन्धित जिल्ला कार्यालय, कास्की आज एक दिन बन्द गर्नेे र पार्टीको झण्डा आधा झुकाउने निर्णय गर्दछ ।

(२)  रसुवाका पूर्व सभापति सानु दावा फिन्जु तामाङको चैत्र १६ गते भएको निधन र दाङ हापुरका ८२ वर्षीय प्रजातन्त्र सेनानी लालबहादुर न्यौपानेको गत चैत्र १९ गते भएको निधनप्रति कार्यसमितिको बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

कार्यसमितिको बैठकले दिवंगत सबै आत्माहरुको चिर शान्तिको कामना गर्दै नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा उहाँहरुले पु¥याउनु भएको योगदानको स्मरण गर्दै एक मिनेट मौनधारण गरी उहाँहरुमा सम्मान प्रकट गरेको थियो । कार्यसमितिको बैठकले उहाँहरुका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक २०६७ चैत्र २७ गते आइतबार अपरान्ह १ः०० बजे पुनः बस्नेछ ।
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files