Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
वैशाख २, २०६८ शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधाननेपाली कांग्रेसको राष्ट्रिय अभियान

वैशाख २, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा नेता शेरबहादुर देउवा, संविधानसभा संसदीय दलका नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू— अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., कृष्णप्रसाद सिटौला, नरहरि आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, मनमोहन भट्टराई, आमोदप्रसाद उपाध्याय, रामकुमार चौधरी, कृष्णचन्द्र नेपाली, नविन्द्रराज जोशी, महेन्द्र यादव, शंकर भण्डारी, सुरेन्द्रराज पाण्डे, गगनकुमार थापा र रामचन्द्र तिवारीले आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकका निर्णयहरु निम्न बमोजिम रहेका छन् ।
१. “शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान—नेपाली कांग्रेसको राष्ट्रिय अभियान” नाराका साथ २०६८ वैशाख ११ गतेदेखि देशव्यापी रुपमा सबै जिल्लाहरुमा “राष्ट्रिय जागरण शान्ति अभियान” का कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । यस अन्तर्गत कास्की, झापा, सर्लाही, रुपन्देही, दाङ, कञ्चनपुर हुँदै २०६८ जेठ ६ गते काठमाडौंमा केन्द्रीय आमसभाको आयोजना गरिनेछ । साथै केन्द्रीय आमसभालाई पार्टी सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा र संविधानसभा संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ । साथै अन्य सबै जिल्लाहरुमा जिल्ला आमसभाको आयोजना गरिनेछ र आमसभालाई केन्द्रीय सदस्यहरु सहितका वक्ताहरुले सम्बोधन गर्नु हुनेछ ।

२. देशको शान्ति सुरक्षाको अवस्था दिन प्रतिदिन खस्कदै गएको छ । हत्या, डकैती, लुटपाट, अपहरण जस्ता गम्भीर अपराधहरु दिन प्रतिदिन बढ्दै गएका छन् । जनताको शान्तिपूर्ण बाँच्च पाउने, पेशा व्यवसाय गर्न पाउने अधिकार दिन प्रतिदिन खुम्चदै गएको छ । हालै व्यवसायी अन्जनीकुमार चाचनको हत्याको घटनाले समाजमा सन्त्रास उत्पन्न भएको छ । राजधानी काठमाडौँमा नवनियुक्त मन्त्री गोकर्ण विष्ट, डा. अनिलकुमार झा, पाकिस्तानी दुतावासका कर्मचारी मेहवुव आसिफ माथि भएको सांघातिक आक्रमण लगायत देशका विभिन्न भागमा भएका हिंसात्मक घटनाहरुले सर्वसाधारण जनताको जीउधनको सुरक्षामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । यस्ता हिंसात्मक घटनाहरुको निन्दा र भत्र्सना गर्दै सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न नसकेकोमा सरकारप्रति नेपाली कांग्रेस खेद प्रकट गर्दछ र अपराधीहरुलाई पक्राउ गरी शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गरिन्छ ।
  
३. पेट्रोलिम पदार्थको मूल्य वृद्धि लगातार भैरहनु र वितरण प्रणालीको पनि उचित व्यवस्थापन नभएका कारण सर्वसाधारण जनताको जीवन अत्यन्त कष्टप्रद भएको छ । पेट्रोलिम पदार्थ सर्वसुलभ ढंगले उपभोक्तालाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरिन्छ । 

४. अरब खाडी क्षेत्रका विभिन्न मुलुकहरुमा स्वतःस्फूर्त रुपबाट उठिरहेको जनताको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । विश्वको जुनसुकै मुलुकमा लोकतन्त्र र मानव अधिकारका लागि हुने शान्तिपूर्ण आन्दोलनमा नेपाली कांग्रेसको सदैव नैतिक समर्थन रहँदै आएको छ र रहनेछ । हरेक मुलुकले दिगो शान्ति र लोकतन्त्रको माध्यमबाटै प्रगति हासिल गर्न सक्दछ भन्ने नेपाली कांग्रेसको दृढ
मान्यता छ ।
अरब खाडी क्षेत्रका विभिन्न मुलुकहरुमा विभिन्न पेशा व्यवसायमा रहेका नेपालीहरुको सुरक्षाको लागि उचित पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिन्छ ।
 
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६८ वैशाख ३ गते शनिबार विहान ११ः०० बजे पुनः बस्नेछ ।
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files