Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
वैशाख २, २०६८ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा पारित राष्ट्रिय शान्ति अभियानका कार्यक्रमहरू

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा पारित राष्ट्रिय शान्ति अभियानका कार्यक्रमहरू

विस्तृत शान्ति सम्झौता, सेना तथा हतियारको व्यवस्थापन अनुगमन सम्बन्धि सम्झौता एवं शान्ति प्रकृया सम्बन्धमा पटक–पटक भएका सहमति सम्झौताहरूलाई इमान्दारितापूर्वक कार्यान्वयन गरेर मात्रै शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याई दिगो शान्ति वहाली गर्न सकिन्छ भन्ने नेपाली कांग्रेसको दृढ मान्यता रहेको छ । लोकतन्त्र र लोकतान्त्रिक पद्धतिका विश्वव्यापी मूल्य मान्यतामा आधारित भएर नयाँ संविधान निर्माण गरेपछि मात्र मुलुकमा राजनीतिक स्थायित्व प्राप्त गर्न सकिन्छ भन्ने नेपाली कांग्रेसको दृढ विश्वास रहेको छ । यसै कार्यदिशामा विगतमा भएका सम्झौताहरू एवं नेपालको अन्तरिम संविधान बमोजिम शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउने एवं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ लोकतान्त्रिक संविधान निर्माण गर्ने मुल दायित्व पुरा गर्न सबै राजनीतिक दलहरूको नेपाली कांग्रेस ध्यानाकर्षण गर्न चाहन्छ ।

संविधानसभाको निर्वाचन पछि एनेकपा (माओवादी) को नेतृत्वमा सरकार गठन हुनु अघि मिति ०६५ असार ११ मा भएको सम्झौता बमोजिम माओवादीका लडाकूहरूको समायोजन र पुनस्र्थापना लगायत शान्ति प्रकृयालाई ६ महिनाभित्रमा सम्पन्न गरिसक्ने भनी राजनीतिक दलहरूको बीचमा सहमति भएको थियो । त्यही सहमति र विश्वासको आधारमा एनेकपा (माओवादी) को नेतृत्वमा सरकार गठन गर्न सहज वातावरण भएको थियो । आज संविधानसभाको कार्यकाल थप गरिएको एक वर्ष पनि पुरा हुन अब धेरै समय छैन । विगतका सम्झौताहरूको एनेकपा (माओवादी) ले इमान्दारितापूर्वक पालना नगरेका र पटक–पटक सम्झौताका कतिपय विषयहरूमा गम्भीर उल्लंघन गरेका कारण संविधानसभा गठन भएको करीब यो ३ वर्षको समय अवधिमा पनि शान्ति प्रकृया ठोस र विश्वसनीय ढंगले अगाडि बढ्न सकेको छैन । शान्ति प्रकृया— खासगरी माओवादी लडाकुहरूको समायोजन र पुनस्र्थापना सम्बन्धी कार्य सम्पन्न नभई नयाँ संविधान घोषणा हुन सक्ने अवस्था छैन । दिगो शान्तिको सुनिश्चिता नभई मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्न सक्दैन । यस दिशामा संविधानसभाको निर्वाचन पछि ठोस उपलब्धी हासिल गर्न नसक्नु मुलुककै लागि दुःखद पक्ष हो ।

त्यसैले शान्ति प्रकृयालाई अविलम्व निष्कर्षमा पु¥याई दिगो शान्ति वहाली गर्ने र संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकमा राजनीतिक स्थायित्व प्राप्त गर्ने दृढ अठोटका साथ नेपाली कांग्रेस देशव्यापी रूपमा विविध कार्यक्रम सहित राष्ट्रिय जागरण शान्ति अभियान संचालन गर्ने निर्णय गर्दछ । “शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान — नेपाली कांग्रेसको राष्ट्रिय अभियान” नाराका साथ निम्न लिखित कार्यक्रमहरू देशव्यापी रूपमा संचालन गर्ने निर्णय गरिएको छ ।

१. सबै निर्वाचन क्षेत्र, नगर तथा गाउँ तहमा निम्न लिखित कार्यक्रम संचालन गर्न पर्नेछ । 
(१)  पार्टी तथा भातृ एवं शुभेच्छुक संस्थाहरूको कार्यकर्ता भेला,
(२)  वुद्धिजीवी तथा विभिन्न पेशा तथा व्यावसायिक संघ संस्थाका प्रतिनिधिहरू सहितको सहभागितामा अन्तरक्रिया,
(३)  ¥याली तथा आमसभा ।
२. गाउँ, नगर, क्षेत्र तहमा उल्लेखित कार्यक्रम सम्पन्न गरिसकेपछि जिल्ला एवं केन्द्रीय आमसभाको आयोजना निम्न प्रकार हुनेछन् । जिल्ला कार्यसमितिको आयोजनामा हुने आमसभामा केन्द्रले वक्ताको रूपमा केन्द्रीय सदस्यहरू सहित नेताहरूलाई खटाउनेछ र केन्द्रीय आमसभाहरूलाई पार्टी सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा र संविधानसभा संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका केन्द्रीय नेताहरूले सम्बोधन गर्नु हुनेछ । 
(क)  जिल्ला आमसभाहरू
१.  २०६८ वैशाख १८ गते— सिरहा, संखुवासभा, रामेछाप, गुल्मी, जाजरकोट र वर्दिया ।
२.  २०६८ वैशाख १९ गते— बाजुरा, पाँचथर, दोलखा, मकवानपुर, रोल्पा, मुगु र दैलेख ।
३.  २०६८ वैशाख २० गते— बैतडी, इलाम, बारा, चितवन, डोल्पा र सुर्खेत । 
४.  २०६८ वैशाख २२ गते— बझाङ, रुकुम, ताप्लेजुङ, सोलुखुम्बु, उदयपुर, पर्सा र बाँके ।
५.  २०६८ वैशाख २४ गते — अछाम, तेह«थुम, खोटाङ, जुम्ला, दार्चुला, र धनकुटा ।
६.  २०६८ वैशाख २५ गते — भोजपुर, डोटी, ओखलढुंगा, सप्तरी, कालिकोट र हुम्ला ।

(ख)  केन्द्रीय आमसभाहरू
१.  २०६८ वैशाख ११ गते — पोखरा, कास्की
 (यो आमसभामा गण्डकी र धवलागिरी अञ्चलका सबै जिल्लाहरू सहभागी
हुनेछन् ।)

२.  २०६८ वैशाख १७ गते शनिबार — झापा 
 (यो आमसभामा झापा मोरङ र सुनसरी जिल्लाहरू सहभागी हुनेछन् ।)

३.  २०६८ वैशाख २१ गते बुधबार — सर्लाही 
 (यो आमसभामा सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली र रौतहट जिल्लाहरू सहभागी हुनेछन् ।)

४.  २०६८ वैशाख २३ गते — रूपन्देही
 (यो आमसभामा रूपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र अर्घाखाँची जिल्लाहरू सहभागी हुनेछन् ।)

५.  २०६८ वैशाख २४ गते — दाङ
 (यो आमसभामा दाङ, प्यूठान र सल्यान जिल्लाहरू सहभागी हुनेछन् ।)

६.  २०६८ वैशाख २६ गते — महेन्द्रनगर, कञ्चनपुर
 (यो आमसभामा कञ्चनपुर, कैलाली र डडेल्धुराका जिल्लाहरू सहभागी हुनेछन् ।)

७.  २०६८ जेठ ६ गते शुक्रबार — काठमाडौँ
 (यो आमसभामा बागमती अञ्चलका सबै जिल्लाहरू लगायत छिमेकी जिल्लाहरु सहभागी हुनेछन् ।)

  प्रकाशमान सिंह
मिति ः २०६८ वैशाख २ गते ।   महामन्त्री
 

Share on Facebook

Attachments#
No files