Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
वैशाख ३, २०६८ शान्ति प्रकृयाकार्ययोजना सम्बन्धमा छलफल

वैशाख ३, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, अर्जुननरसिंह के.सी., डा. रामशरण महत, कृष्णप्रसाद सिटौला, नरहरि आचार्य, मीना पाण्डे, मानबहादुर विश्वकर्मा, पदमनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवनबहादुर शाही, डा. नारायण खड्का, सूर्यमान गुरुङ, रामकुमार चौधरी, अजयकुमार चौरसिया, नविन्द्रराज जोशी, पुष्पा भुसाल, गगनकुमार थापा, डिल्लीराज रेग्मी, राजनप्रसाद पन्त र रामचन्द्र तिवारीले आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—
१. शान्ति प्रकृया सुझाव समितिद्वारा प्रस्तुत गरिएको ‘शान्ति प्रकृया—कार्ययोजना’ सम्बन्धमा छलफलमा उठेका विषयहरुलाई समेत ध्यान दिई परिमार्जन सहित अन्तिम टुंगो लगाउने जिम्मेवारी शान्ति प्रकृया सुझाव समितिलाई नै दिने निर्णय गरिएको छ । शान्ति प्रकृया सुझाव समितिले शान्ति प्रकृयाका सम्बन्धमा निरन्तर कार्य गर्नेछ ।
 
केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारी एवं सदस्यहरुको बैठक २०६८ वैशाख ९ गते शुक्रबार विहान ११ः०० बजे बस्नेछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files