Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
जेठ १८, २०६८ शान्ति प्रकृया र गत जेठ १४ गते तीन दलका शीर्ष नेताहरुका बीच भएको सहमतिका बारेमा

जेठ १८, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । बैठकको प्रारम्भमा सभापति कोइरालाले शान्ति प्रकृया र गत जेठ १४ गते तीन दलका शीर्ष नेताहरुका बीच भएको सहमतिका बारेमा विस्तृत जानकारी गराउनु भयो । आजको बैठकमा यसै विषयमा केन्द्रीय सदस्यहरु— विमलेन्द्र निधि, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., खुमबहादुर खड्का, नरहरि आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, दीपकुमार उपाध्याय, मानबहादुर विश्वकर्मा, एन.पी. साउँद, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, मो. आफ्ताव आलम, रामकुमार चौधरी, कृष्णचन्द्र नेपाली, अजयकुमार चौरसिया, चन्द्र भण्डारी, धनराज गुरुङ, शंकर भण्डारी, गगनकुमार थापा, राजनप्रसाद पन्त र रामचन्द्र तिवारीले आफ्नो धारणा राख्नु भएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक २०६८ जेठ १९ गते बिहीबार दिनको १ः०० बजे पुनः बस्नेछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files