Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
जेठ १९, २०६८ वुँदे सहमति कार्यान्वयन गर्ने कार्य सम्पन्न गर्न अग्रसरता लिंदै नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग वार्ता प्रारम्भ गर्ने

जेठ १९, २०६८
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल, मीना पाण्डे, दिलेन्द्रप्रसाद बडू, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइराला, सूर्यमान गुरुङ, कमला पन्त, अम्बिका बस्नेत, रत्न शेरचन, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, कविताकुमारी सरदार वाँतर, मिनाक्षी झा, सुजाता परियार, पार्वती डी.सी. चौधरी, लक्ष्मी राई र मीना सुब्बाले आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—
१. संविधानसभाको निर्वाचनपछि गणतन्त्र कार्यान्वयन पश्चात २०६५÷३÷११ मा दलहरुबीच भएको सहमति बमोजिम ६ महिनाभित्र शान्ति प्रकृया सम्पन्न गरिसक्नु पर्नेमा ३ वर्ष व्यतित भैसक्दा पनि यस विषयमा ठोस उपलब्धी हासिल हुन सकेको छैन । संविधान निर्माणमा देखिएका मूलभूत विवादका विषयमा पनि सहमति बन्न सकेको छैन । संविधान निर्माण शान्ति प्रकृयाको अन्तिम कार्य भएकोले शान्ति प्रकृयाका विषयहरु समाधान नभएको अवस्थामा राष्ट्रिय सहमतिका साथ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान जारी हुन सक्दैन भन्ने कुरा स्पष्ट छ । यसै पृष्ठभूमिमा नेपाली कांग्रेसले शान्ति प्रकृया कार्यनीति र १० वुँदे प्रस्ताव पारित गरी एनेकपा (माओवादी) लगायत सबै राजनीतिक दलहरुसँग सम्वाद अघि बढाएको थियो । लामो छलफल पछि संसदमा ५ वुँदे सहमतिका आधारमा शान्ति प्रकृयालाई ३ महिनामा सम्पन्न गर्ने सहितको सहमति बमोजिम ३ महिनाका लागि संविधानसभाको कार्यकाल थप भएको छ । नेपाली कांग्रेसले प्रस्तुत गरेको १० वुँदे मार्गचित्र बमोजिम कार्यहरु सम्पन्न गरेर नै शान्ति प्रकृयाका मूलभूत काम सम्पन्न हुन्छ भन्ने नेपाली कांग्रेसको ठहर छ । यसै ठहर बमोजिम संसदमा भएको ५ वुँदे सहमति कार्यान्वयन गर्ने कार्य सम्पन्न गर्न अग्रसरता लिंदै नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग वार्ता प्रारम्भ गर्ने निर्णय गर्दछ । ५ वुँदे सहमति भित्र रहेको अन्तरनिहित विषयवस्तुहरुलाई कार्यतालिका सहित तत्काल कार्यान्वयन गर्ने काम शुरु गर्न सम्बद्ध पक्षहरुलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।
२. शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान — नेपाली कांग्रेसको राष्ट्रिय अभियान नाराका साथ पार्टीले मिति २०६८÷१÷११ मा पोखराबाट शुरु गरी विभिन्न ठाउँहरुमा आमसभा गर्दै जेठ ६ गते काठमाडौँमा सम्पन्न भएका केन्द्रीय आमसभाहरु र ३८ वटा जिल्ला स्तरीय आमसभाहरु जनताको विशाल सहभागिता सहित सफलतापूर्वक सम्पन्न भएका छन् । पार्टी, भातृ संस्था, शुभेच्छुक संस्थाका सबै तहका साथीहरु यी कार्यक्रमहरुमा सम्पूर्ण रुपले क्रियाशील रहनु भएको छ । प्रचार–प्रसारमा पत्रकार जगतको अत्यन्त ठूलो सहयोग प्राप्त भएको छ । यी कार्यक्रमहरुबाट शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधानको पक्षमा व्यापक जनमत निर्माण भएको छ । देशव्यापी रुपमा सम्पन्न गरिएका उक्त कार्यक्रमहरुमा सहयोग पु¥याउने, सहभागी हुने, क्रियाशील हुने सबैमा नेपाली कांग्रेस हार्दिक धन्यवाद प्रकट गर्दछ । आगामी दिनहरुमा संचालन गरिने पार्टीका कार्यक्रमहरुमा अझ बढी सशक्त सहयोग र सहभागिताका लागि यो बैठक सम्बन्धित सबैसँग हार्दिक अपील गर्दछ ।

समवेदना
नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका पूर्व कोषाध्यक्ष एवं नेपालका प्रसिद्ध उद्योगपति तथा टीएम दुगड ग्रुपका अध्यक्ष तोलाराम दुगडको ८१ वर्षको उमेरमा गत जेठ १५ गते नक्साल, काठमाडौँमा भएको निधन र प्रसिद्ध उद्योगपति, समाजसेवी एवं नेपाली कांग्रेसका शुभचिन्तक कृष्णगोपाल टण्डनको ९६ वर्षको उमेरमा आज जेठ १९ गते नेपालगञ्ज स्थित आफ्नै निवासमा भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति कार्यसमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक २०६८ जेठ २३ गते सोमबार दिनको १ः०० बजे पुनः बस्नेछ ।
                                                                                                              
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files