Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 30, 2011
जेठ २३, २०६७ जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला धुलिखेलमा गर्ने

जेठ २३, २०६७
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो । आजको बैठकमा उपसभापति रामचन्द्र पौडेल, सदस्यहरु— डा. रामशरण महत, अर्जुननरसिंह के.सी., महेश आचार्य, नरहरि आचार्य, डा. प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद आनन्दप्रसाद ढुंगाना र डा. नारायण खड्काले आफ्नो धारणा राख्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम छ—

१. केन्द्रले विज्ञप्ति जारी गरे बमोजिम २०६८ जेठ २८ र २९ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेलाको आयोजना काभ्रेपलाञ्चोकको धुलिखेलमा गर्ने । भेलाको व्यवस्थापन नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले गर्नेछ । भेलामा शान्ति प्रकृया, संगठन परिचालन र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ ।

२. राजनीतिक सहमतिको सर्वदलीय सरकार निर्माण गर्नका लागि प्रधानमन्त्रीले राजीनामा गर्ने भनी ५ वुँदे सहमति व्यवस्थापिका – संसदले पारित गरिसकेको वर्तमान अवस्थामा सरकारले विधि प्रकृया समेत उल्लंघन गरी आ.व.को अन्त्यमा आएर जथाभावी बजेट रकमान्तर गरी दुरुपयोग गर्न लागेको र त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयहरुमा उपकूलपति लगायत पदाधिकारीहरुको एकतर्फी नियुक्ति गर्न लागेको जानकारी प्राप्त भएकोले सरकारका यस्ता गलत काम कार्वाहीको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ । सरकार काम चलाउ भैसकेको वर्तमान अवस्थामा प्रतिपक्षी दलको सहमति विना गरिएका यस्ता नियुक्ति, सरुवा–बढुवा लगायतका काम कारवाहीहरु नेपाली कांग्रेसलाई मान्य नहुने कुरा स्पष्ट गर्न चाहन्छौँ र यस्ता कृयाकलापहरुलाई संसदमा सशक्त प्रतिरोध गर्न नेपाली कांग्रेस संसदीय दललाई निर्देश गर्दछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files