Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 22, 2016
नेपाल तरुण दल र नेपाल महिला संघको निर्वाचनको लागि पार्टीबाट निर्देशन समिति गठन

 भाद्र ६, २०७३
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवाले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग पु¥याई आवश्यक निर्देशन समेत गर्न नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित) को धारा २४ (६) बमोजिम पार्टीका केन्द्रीय सदस्य मा. बालकृष्ण खाँणको संयोजकत्वमा केन्द्रीय सदस्यहरु— श्री उमाकान्त चौधरी, श्री सुरेन्द्रराज पाण्डे, मा. शंकर भण्डारी, मा. रामकृष्ण यादव, मा. हृदयराम थानी र मा. सरिता प्रसाई सदस्य रहनु भएको “नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति” र मा. एन.पी. साउँदको संयोजकत्वमा केन्द्रीय सदस्यहरु— मा. नविन्द्रराज जोशी, मा. चन्द्र भण्डारी, मा. कमला पन्त र श्री प्रदीप पौडेल सदस्य रहनु भएको “नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति आज गठन गर्नु 
भएको छ । 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files