Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 22, 2016
टर्कीमा भएको आत्मघाती घटनाप्रति नेपाली कांग्रेसका सभापतिद्वारा गहिरो दुःख व्यक्त

 भाद्र ६, २०७३
प्रेस विज्ञप्ति
 
टर्कीको घाजियान्टेप शहरमा गत शनिबार राति एक विवाह समारोहमा आत्मघाती आक्रमण हुँदा ५० जनाको मृत्यु र ९० जना भन्दा बढी घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको छ । यस घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । 
 
विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ । आतङ्कवाद सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहँदै आएको छ । यस दुःखद क्षणमा टर्की सरकार मार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु । साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु । 
 
घटनामा परी निधन हुनु भएका सबैप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । 
 
शेरबहादुर देउवा
सभापति 
 
Share on Facebook

Attachments#
No files