Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 15, 2011
चैत्र २७, २०६७ प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा— संविधानसभा संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. रामशरण महत, बलबहादुर के.सी., महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, फरमूल्लाह मन्सुर, पदमनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, रामकुमार चौधरी, कृष्णचन्द्र नेपाली, रमेश रिजाल, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, महेन्द्र यादव, रत्न शेरचन, शंकर भण्डारी, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठौर, मीन विश्वकर्मा, गगनकुमार थापा, राजनप्रसाद पन्त, केशवकुमार बुढाथोकी, रामचन्द्र तिवारी र लक्ष्मी राईले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
 
बैठकको निर्णयहरु निम्न बमोजिम रहेका छन् ।
(१) नेपाल विद्यार्थी संघको सम्बन्धमा महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा बनेको दुई सदस्यीय समितिले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आधारित रहेर, नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गराउनका लागि महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय बलबहादुर के.सी. र सुरेन्द्रराज पाण्डे समेत रहनु भएको तीन सदस्यीय समिति गठन गरिएको छ । उक्त तीन सदस्यीय समितिले नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्नका लागि नेपाल विद्यार्थी संघ महाधिवेशन तयारी समिति गठन गर्नेछ । महाधिवेशन सम्पन्न नभएसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले गर्ने-गराउने सम्पूर्ण कार्य यसरी गठन भएको तयारी समितिले गर्नेछ । उक्त तयारी समितिमा बस्ने संयोजक र सदस्यहरु महाधिवेशनमा उम्मेदवार हुने छैनन् । तयारी समितिले पार्टीमा प्रस्तुत नेपाल विद्यार्थी संघको विधान अनुसार चल्नेछ तथा आवश्यक प्रकृया पुर्याई यस विधानलाई महाधिवेशनमा लिएर जानेछ । तयारी समिति गठन भएको ६ महिनाभित्र तयारी समितिले महाधिवेशन गरिसक्नु पर्नेछ । 
(२) महामन्त्रीले अन्य भातृ संस्थाहरुको सन्दर्भमा केन्द्रीय कार्यसमितिमा आवश्यक प्रस्ताव पेश गर्नु हुनेछ । 
 
वसन्तकुमार गौतम
मुख्य सचिव
Share on Facebook

Attachments#
No files