Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 28, 2017
शहीद दिवसको सन्देश

 माघ १६, २०७३
शहीद दिवसको सन्देश
 
वि.सं. १९९७ देखि २०६२÷६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरुले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरुमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न आज हामी ‘शहीद दिवस’ मनाइरहेका छौं । 
लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुन्छ, यसबाट नै विद्यमान विसंगतिहरुको अन्त्य हुनेछ । राष्ट्रले दु्रततर रुपमा विकास र निर्माणका कार्यहरु गर्नेछ । लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए । 
आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प 
गरौं । मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files