Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 02, 2017
नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं। ४ का महासमिति सदस्य एवं उद्योगपति चिरञ्जीवीनिधि तिवारीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 माघ २०, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ का महासमिति सदस्य, उद्योगपति एवं स्वतन्त्रता सेनानी चिरञ्जीवीनिधि तिवारीको हिजो वुधबार साँझ ५ः४३ मा नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा उपचारका क्रममा निधन भयो । उहाँलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो । वि.सं. २००१ मंसिरमा जन्मनु भएका स्वर्गीय तिवारी नेपाली कांग्रेसमा लामो समयदेखि महासमिति सदस्य रहँदै आउनु भएको थियो । स्वर्गीय तिवारी वि.सं. २०५६ को आम निर्वाचनमा काठमाडौँको तत्कालीन निर्वाचन क्षेत्र नं. ३ को उम्मदवार र उक्त निर्वाचन लगतै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मध्यमाञ्चल विकास क्षेत्रबाट पार्टीको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । स्वर्गीय तिवारी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । स्वर्गीय तिवारीले नेपाली कांग्रेसको विभिन्न तहमा रहेर नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको धर्मपत्नी, २ छोरा र २ छोरी हुनुहुन्छ । 
 
नेपाल तयारी पोशाक संघको अध्यक्ष, नेपाल जर्मन चेम्बर अफ कमर्शको उपाध्यक्ष, अर्थ मन्त्रालय भन्सार मूल्याङ्कन समितिमा नेपाल चेम्बर अफ कमर्शका तर्फबाट प्रतिनिधि, अर्थ मन्त्रालय केन्द्रीय ट्यारिफ बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष, राजश्व पुनरवलोकन समितिको सदस्य, नेपाल फुटवल संघको सचिव जस्ता पदहरुमा बसेर विभिन्न कालखण्डमा उद्योग वाणिज्यको क्षेत्रमा स्वर्गीय तिवारीले अतुलनीय योगदान पु¥याउनु भएको थियो । आर्थिक क्षेत्रमा उलेखनीय कार्य गरे वापत सरकारले उहाँलाई वि.सं. २०५४ मा गोर्खा दक्षिण बाहु चौथोबाट सम्मानीत गरेको थियो । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— नेपाली कांग्रेसमा रहेर नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा नेपालको उद्योग व्यवसायको क्षेत्रको श्रीवृद्धिमा चिरञ्जीवी निधि तिवारीले अतुलनीय योगदान पु¥याउनु भएको थियो । पार्टी र राष्ट्रलाई उहाँको अझ बढी आवश्यकता महसुस गरिएको यस घडीमा उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्ता र राष्ट्रले एक सफल उद्योग व्यवसायीलाई गुमाएको छ । उहाँको निधनबाट पार्टी र उद्योग व्यवसायको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । 
 
उहाँको पार्थिव शरीरलाई आज माघ २० गते साँझ ६—८ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने कार्यक्रम रहेको छ । 
 
नेपाली कांग्रेसको संगठन र नेपालको आर्थिक क्षेत्रमा उहाँले पु¥याउनु भएको अतुलनीय योगदानप्रति नेपाली कांग्रेस सम्मान प्रकट गर्दछ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files