Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 18, 2017
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसका सभापतिद्वारा जारी प्रेस वक्तव्य

 फागुन ७, २०७३
राष्ट्रिय प्रजातन्त्र दिवस
प्रेस वक्तव्य
 
आज फाल्गुण ७ गते नेपाली जन–संघर्षको इतिहासको एक अवस्मरणीय दिन । २००७ को कात्र्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको हो । 
फाल्गुण ७ को यो ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो । यसले जात–जाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेदभाव हटाएर शोषण रहित समाज निर्माणमा मुलुकलाई अग्रसर गरायो । यसै दिनदेखि नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयाँ युगमा प्रवेश ग¥यो । त्यसैदिनदेखि नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण ग¥यो । त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेका छन् । 
मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलव्धीलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं । मुलुकका सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरुले आ–आफ्ना दलगत स्वार्थलाई त्यागेर मुलुकको समुन्नती र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनु हुने शहिदहरुप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्छ भन्ने मैले ठानेको छु । कुनै पनि संविधान जारी हुँदाका वखत नै पूर्ण र असंशोधनीय हुन सक्दैन । समय, काल, परिस्थिति र जनचाहना अनुसार यसले आफ्नो आकार ग्रहण गर्दछ । मुलुकका सामु विद्यमान समस्याहरुको शान्तिपूर्ण ढंगबाट आपसी सद्भाव र एकताका आधारमा हामी सबै एकजुट भई समाधान गर्न आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अग्रसर हुनैछौ भन्ने मैले विश्वास लिएको छु ।
देशमा प्रजातन्त्र÷लोकतन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा हाम्रा अनेकौं सपुतहरुले प्रजातन्त्र÷लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन् । यो ऐतिहासिक दिनमा म ती सम्पूर्ण शहीदहरुको त्याग र वलिदानको संस्मरण गर्दछु र उहाँहरुलाई श्रद्धाञ्जली अर्पण गर्दछु ।
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
Share on Facebook

Attachments#
No files