Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 21, 2017
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि चिनिया राजदुत यू होङ बीच शिष्टाचार भेटघाट

 फाल्गुण १०, २०७३
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूसंग आज विहान उहाँकै निवासस्थान बुढानिलकण्ठमा नेपालका लागि चिनिया राजदुत यू होङले शिष्टाचार भेटघाट गर्नु भयो ।
 
नेपाल र चीन बिचको आपसी सहयोग र सदभावपूर्ण सम्वन्ध तथा समसामयिक विषयमा केन्द्रीत भेटघाटका अवसरमा राजदुत होङले नेपालमा स्थानिय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुशी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत लगायतको क्षेत्रमा विकासका लागि सहयोग पु¥याउन चीन इच्छुक रहेको धारणा राख्नु भएको थियो ।
 
उक्त अवसरमा सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूबाट आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकोले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको र संविधान संशोधनका लागि संसदमा पेश भएको संशोधन प्रस्ताव पारित हुने र तराई केन्द्रित दलहरुको भावना समेत सम्वोधन हुने विश्वास दिलाउनु भएको थियो । साथै, नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको हार्दिक सह्राना गर्नु भएको थियो ।
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files