Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 23, 2017
महाशिवरात्रीको शुभकामना

 (२०७३ फाल्गुण १३ गते महाशिवरात्रीको दिन प्रसारण एवं प्रकाशनार्थ)
 
फाल्गुण १२, २०७३
 
महाशिवरात्रीको
शुभ–कामना
 
हिन्दु धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “महाशिवरात्री” का अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्वी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, संमृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्दछु । 
नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।
नेपाली जनताको दशकौं देखिको त्याग र वलिदान स्वरुप मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित भएको पनि एक वर्ष पुगिसकेको छ । संविधानसभाबाट जारी नेपालको संविधानले अंगीकार गरेका मुलुकको प्रादेशिक, शासकीय, प्रशासनीक तथा न्यायिक पुर्नसंरचनाको कार्यान्वयनको क्रममा मुलुक अगाडि बढिरहेको छ । यो जिम्मेवारीप्रति सचेत भएर, हामीले त्यसलाई पूरा गर्न सक्यौं भने मात्र हाम्रो देश नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिने छ । 
आजको यो पुनीत अवसरमा म आपूm र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्पmबाट सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु । 
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files