Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 26, 2017
नेपाली कांग्रेसका सभापतिद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त

 २०७३ फागुन १६ गते प्रसारण एवं प्रसारणार्थ 
 
फागुन १५, २०७३
 
शुभ–कामना
नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायको ल्होसार (नयाँ वर्ष) को उपलक्ष्यमा त्यस क्षेत्र र अन्यत्र छरिएर रहेका सम्पूर्ण दिदी–बैनी तथा दाजु–भाइहरुमा म हार्दिक शुभ–कामना व्यक्त गर्दछु । 
लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् । शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरुको आफ्नै रीतिरिवाज एवं संस्कृति रहेको छ । सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्नु तथा तिनलाई भावी पुस्ताहरुका लागि पनि जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी हो । 
नेपाली जनताको दशकौं देखिको त्याग र वलिदान स्वरुप मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित भएको पनि एक वर्ष पुगिसकेको छ । संविधानसभाबाट जारी नेपालको संविधानले अंगीकार गरेका मुलुकको प्रादेशिक, शासकीय, प्रशासनीक तथा न्यायिक पुर्नसंरचनाको कार्यान्वयनको क्रममा मुलुक अगाडि बढिरहेको छ । यो जिम्मेवारीप्रति सचेत भएर, हामीले त्यसलाई पूरा गर्न सक्यौं भने मात्र हाम्रो देश नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिने छ । 
यो ल्होसार — नयाँ वर्ष सम्पूर्ण नेपालीहरुका निमित्त सुख, शान्ति र आपसी एकताको वर्ष बनोस्, यही मेरो हार्दिक शुभ–कामना !
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files