Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 09, 2017
जाजरकोटमा बस दुर्घटनामा परी एक दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 फागुन २६, २०७३
प्रेस विज्ञप्ति
 
छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नं. ४ को बोहरा गाउँमा लु ३ ख २२७९ नं. को बस आज दिउँसो दुर्घटनाग्रस्त हुँदा बसमा सवार एक दर्जन भन्दा बढी व्यक्तिको मृत्यु र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । 
 
मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोकाकूल परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको खोजी तथा उपचारको व्यवस्थाका लागि नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files