Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 12, 2017
होली पर्वको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा शुभकामना व्यक्त

 फागुन २९, २०७३
शुभ–कामना
 
 
पहाड र तराईमा खेलिने होली पर्वको पावन दिनमा म सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक शुभ–कामना अर्पण गर्दछु । 
होली पर्व हाम्रो एक धार्मिक र साँस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ । 
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटो तर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्ने शुभ–कामना व्यक्त गर्दछु । 
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files