Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 17, 2017
स्याङ्जाका पूर्व महाधिवेशन प्रतिनिधि ६६ वर्षीय मोहनीप्रसाद पौडेलको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 चैत्र ४, २०७३
शोक विज्ञप्ति
नेपाली कांग्रेस स्याङ्जाका पूर्व महाधिवेशन प्रतिनिधि ६६ वर्षीय मोहनीप्रसाद पौडेलको हिजो चैत्र ३ गते साँझ ६ः५० बजे आरूखर्क गा.वि.स. स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय पौडेल ब्रेन ट्युमरको समस्याबाट पीडित हुनुहुन्थ्यो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको पूर्व सदस्य समेत रहनु भएका स्वर्गीय पौडेलले नेपाली कांग्रेसको संगठन विस्तार तथा नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय पौडेलको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । 
उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।  
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files