Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 08, 2017
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको प्रेस वक्तव्य

 चैत्र २६, २०७३
प्रेस वक्तव्य
 
स्थापनाकाल देखि नै नेपाली कांग्रेसले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताका प्रति विश्वास राख्दै आएको सर्वविदितै छ । संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र मानव अधिकार जस्ता मूल्यका प्रति बाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढंगले प्रतिवद्ध रही आएको छु । 
 
अतः शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति म उत्तिकै सचेत रहेको छु । कार्यपालिकाको क्षेत्राधिकार बारे म जति सुस्पष्ट छु, उत्तिकै सम्मानीत न्यायालयको उच्चतम गरिमालाई कदर गर्नु पर्ने दायित्वका प्रति पनि संवेदनशील रहेको जानकारी गराउन चाहन्छु । 
 
अतः म बाट व्यक्त भएको र आगामी दिनमा हुने यस सम्बन्धी कुनै पनि टिप्पणी सम्मानीत न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्य बमोजिम नै हुने सबैका लागि स्पष्ट गराउन चाहन्छु । 
 
जय नेपाल !
 
डा. शशांक कोइराला
महामन्त्री
 
Share on Facebook

Attachments#
No files