Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 13, 2017
केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मा. ज्ञानेन्द्रबहादुर कार्कीका पिता कृष्णमोहन कार्कीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 चैत्र ३१, २०७३
शोक विज्ञप्ति
 
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्कीका पिता ८६ वर्षीय कृष्णमोहन कार्कीको आज चैत्र ३१ गते उपचारका क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा निधन भयो । उहाँ निमोनियाबाट पीडित हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा उहाँको सक्रिय भूमिका रहेको थियो । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रिय रहँदा स्व. कार्की गिरफ्तारीमा पर्नु भएको थियो । उहाँकै प्रेरणाबाट उहाँका परिवारहरु नेपालको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँका पाँच छोरा र तीन छोरी हुनुहुन्छ । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृष्णमोहन कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 
 
आजै उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । स्वर्यीय कार्कीले नेपालमा लोकतन्त्रको पक्षमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै, नेपाली कांग्रेस उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट 
गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files