Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 13, 2017
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा शुभकामना व्यक्त

 वैशाख १, २०७४
शुभकामना
 
नयाँ वर्ष २०७४ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 
 
स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेको छ । २०७४ साल वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनप्रति आमरुपमा नागरिक अभिरुचि, जागरुकता एवं संलग्नता रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन यो निर्वाचनको अत्यन्त ठूलो महत्व छ । हाम्रो मतबाट बन्ने स्थानीय सरकार गाउँ÷नगरको विकासका लागि सबैभन्दा महत्वपूर्ण र भरपर्दो संस्था हुनेछ । नयाँ वर्षको यो अवसरमा, देशभरका सम्पूर्ण वालिग नागरिकहरुलाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन म हार्दिक अपिल गर्दछु ।
 
मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ । साथै, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७४ ले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । 
 
जय नेपाल !
 
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files