Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 15, 2017
प्रदेश नं। २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, र व्यवस्थापिका संसदका सदस्यहरुको संयुक्त बैठक

 वैशाख २, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री माननीय शेरबहादुर देउवाज्यूको अध्यक्षतामा प्रदेश नं. २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, र व्यवस्थापिका संसदका सदस्यहरुको संयुक्त बैठक पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । उक्त बैठकमा देशको समसामयिक राजनीतिका सन्दर्भमा छलफल भएको थियो । छलफलमा सबै सहभागीहरुले तराई–मधेशको मांग सम्बोधनका लागि संविधान संशोधनलाई प्राथमिकता दिई स्थानीय तहको निर्वाचनलाई सुनिश्चित गर्न र राजनीतिक वातावरण बनाउन पार्टी नेतृत्वले अग्रसरता लिई मधेशी मोर्चा लगायत व्यवस्थापिका संसद भित्रका अन्य राजनीतिक दलहरुसँग वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाउन पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files