Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 21, 2017
अखण्ड नेपाल पार्टी समानान्तर नेपाली कांग्रेसमा प्रवेश गर्दै

 वैशाख ८, २०७४
हार्दिक आमन्त्रण
 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री मा. शेरबहादुर देउवाज्यूको समुपस्थितिमा भोलि २०७४ वैशाख ९ गते विहान ८ः५० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. नगर, ललितपुरमा अखण्ड नेपाल पार्टीका संस्थापक उपाध्यक्ष एवं अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डे सहित उक्त पार्टी पुरै नेपाली कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । उक्त प्रवेश कार्यक्रम नेपाली कांग्रेसका नेता मा. रामचन्द्र पौडेल, महामन्त्री मा. डा. शशांक कोइराला, कोषाध्यक्ष मा. सीतादेवी यादव लगायत केन्द्रीय सदस्यहरु तथा पार्टीका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहनेछ । उक्त कार्यक्रमको समाचार संकलन एवं प्रसारणका लागि हार्दिक आमन्त्रण गरिन्छ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files