Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 28, 2017
पूर्व सांसद नथुनी िसंह दनुवारको निधनप्रित नेपाली कांग्रेसद्वारा गिहरो दुःख व्यक्त

 वैशाख १५, २०७४
शोक विज्ञप्ति
नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको गत वैशाख १० गते निधन भयो । सिरहाको पानवारीमा जन्मनु भएका स्वर्गीय दनुवार वि.सं. २०४८ मा नेपाली कांग्रेसको तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी हुनु भएको थियो । वि.सं. २००६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भई उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएको 
थियो । उहाँका आदिवासी दनुवार सँग सम्बन्धित कृतिहरु प्रकाशित छन्् । सामाजिक क्षेत्रमा समेत उहाँको संलग्नता रहेको थियो । स्वर्गीय दनुवारको तीन छोरा र दुई छोरी हुनुहुन्छ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ— “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका प्रतिनिधि सभाका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 
 
पूर्व सांसद नथुनी सिंह दनुवारले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files