Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 03, 2017
वागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएमा पार्टीबाट स्वतः निस्कासित हुने

 बैशाख २०, २०७४
प्रेस विज्ञप्ति
 
 
२०७४ बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय तहको प्रथम चरणको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले वागी उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (२०७४ बैशाख २१ गते, विहिवार १ः०० (एक) बजेदेखि ५ः०० (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्णयानुसार निर्देशन गरिन्छ । 
 
तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता वागी उम्मेदवार र नीजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा निर्णयानुसार जानकारी गराईन्छ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
press release 2074.01.20.jpg (1369 KB)    Download
press release.jpg (83 KB)  वागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएमा पार्टीबाट स्वतः निस्कासित हुने  Download