Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 11, 2017
३५ औं बी.पी. स्मृति दिवसको अवसर पारेर प्रचार प्रसार समन्वय उपसमितिले धनुषाको जनकपुरबाट प्रदेश नं. २ को प्रचार अभियान प्रारम्भ गर्ने

 असार २७, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको बैठक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपसमितिका संयोजक मा. रमेश लेखकको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा बस्यो । आज बसेको बैठकले— २०७४ श्रावण ६ गते जननायक बी.पी. कोइरालाको ३५ औं स्मृति दिवसको अवसर पारेर धनुषाको जनकपुरमा २ नं. प्रदेशका सबै जिल्लाहरुका प्रचार प्रसार समितिको विशेष भेला आयोजना गरी स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार प्रसार अभियान प्रारम्भ गर्ने निर्णय गरेको छ ।
 
प्रकाश शर्मा
सचिव
 
Share on Facebook

Attachments#
No files