Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 18, 2017
ने.कां ओखलढुंगा जिल्ला कार्यसमितिका सचिव रुद्र अधिकारीका पिता पिताम्बर अधिकारीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 श्रावण ३, २०७४
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिका सचिव एवं सुनकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुद्र अधिकारीका ८३ वर्षीय पिता पिताम्बर अधिकारीको हिजो काठमाडौँको कपन स्थित निवासमा निधन भयो । स्वर्गीय अधिकारी नेपाली कांग्रेसको क्रियाशील सदस्य समेत हुनुहन्थ्यो र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
 
उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files