Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 22, 2017
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ श्रावण ७ गतेको बैठकको निर्णय

 श्रावण ७, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समिक्षा सम्बन्धी विषयमा केन्द्रीत आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— बलबहादुर के.सी., महेश आचार्य, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी, मीन विश्वकर्मा, पार्वता डी.सी. चौधरी, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, देवेन्द्रराज कँडेल र सरिता प्रसाईले आ–आफ्नो धारणा राख्नु भयो । 
 
बैठकमा पार्टी पदाधिकारी एवं सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक भोलि २०७४ श्रावण ८ गते विहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files