Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 23, 2017
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ श्रावण ८ गतेको बैठकको निर्णय

 श्रावण ८, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो देखि जारी बैठक पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समिक्षा सम्बन्धी विषयमा केन्द्रीत आजको बैठकमा केन्द्रीय सदस्यहरु— डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, अर्जुनप्रसाद जोशी, जीवनबहादुर शाही, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, पुष्पा भुसाल, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सिता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर, रमेश लेखक र किरण यादवले आ–आफ्नो धारणा राख्नु भयो । 
 
बैठकमा पार्टी पदाधिकारी एवं सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक भोलि २०७४ श्रावण ९ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files