Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 06, 2017
बाग्लुङको पहिरोमा परी ६ जनाको मृत्यु र सप्तरीको प्रेसर कुकर बम विष्फोटको घटनाप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 श्रावण २२, २०७४
प्रेस विज्ञप्ति
 
१. केही दिनदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण बाग्लुङको निसीखोला गाउँपालिका वडा नं. २ मा गत श्रावण २० गते गएको पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु र ढोरपाटन न.पा.—५ मा २ जना मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । पहिरोबाट निधन हुनु भएका सबै प्रति नेपाली कांग्रेस श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । 
 
२. सप्तरीको सुरङ्गा न.पा. वडा नं. ६ स्थित भित्री सडकखण्डमा अज्ञात समूहले खाल्टोमा पुरेर राखेको प्रेसर कुकर बम विष्फोट हुँदा गएराति इलाका प्रहरी कार्यालय, कडरवनको प्रहरी भ्यान आंशिक क्षति हुन गएको र प्रहरी निरिक्षक सहित ४ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता आपराधिक क्रियाकलापमा संलग्न अपराधीहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र सर्वसाधारणमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नेपाली कांग्रेस सरकारसँग मांग गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files