Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 05, 2017
केन्द्रीय निर्वाचन परिचालन समितिले छलफल प्रारम्भ ग¥यो

 कात्र्तिक १९, २०७४
प्रेस विज्ञप्ति
 
वि.सं. २०७४ मंसिर १० र मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका केन्द्रीय सदस्य श्री बालकृष्ण खाँणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारहरुलाई अत्यधिक मतका साथ विजयी गराउन वृहत छलफल प्रारम्भ गरेको छ । आजै पार्टीको केन्द्रीय कार्यालयमा समितिले नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) लगायतका संस्थाहरुसँग छलफल ग¥यो । त्यसैगरी आजै केन्द्रीय निर्वाचन परिचालन समितिले गत स्थानीय तह निर्वाचन —२०७४ का सन्दर्भमा गठन भएको केन्द्रीय निर्वाचन प्रचार प्रसार उपसमितिका सदस्यहरुसँग स्थानीय तहको निर्वाचनमा तत्कालीन प्रचार समितिले गरेका कामहरु र प्रभावकारी प्रचार प्रसारका लागि भावी रणनीतिका सम्बन्धमा राय सुझाव लिएको थियो । 
केन्द्रीय निर्वाचन परिचालन समितिले सबै जिल्लाहरुमा जिल्ला निर्वाचन परिचालन समिति र जिल्ला कार्यसमितिले तोकेको व्यक्ति संयोजक र नेपाल प्रेस युनियन जिल्लाका अध्यक्ष सहसंयोजक रहने गरी जिल्ला निर्वाचन प्रचार प्रसार समिति तथा जिल्ला निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवाहरुसँग आवश्यक समन्वय गरी प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्रहरुमा पनि निर्वाचन प्रचार प्रसार समिति गठन गर्नका लागि यस अघि नै जिल्लाहरुलाई परिपत्र गरिसकेको छ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files