Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 17, 2017
डा. रामशरण महतप्रति लक्षित गरी बम प्रहार

 कात्र्तिक २४, २०७४
प्रेस विज्ञप्ति
 
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ नुवाकोटका नेपाली कांग्रेसका उम्मेदवार, केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रमेशकुमार महत चुनावी प्रचार प्रसारमा हिड्नु भएको बेला उहाँहरु चढ्नु भएको गाडीलाई लक्षित गरी आज विहान करीब १० बजे ककनी गाउँपालिका वडा नं. ५ काउथेथाना नजिक प्रेसरकुकर बम विष्फोट भएको छ । उम्मेदवारहरुसँगै चुनावी प्रचार प्रसारमा हिडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायतका नेपाली कांग्रेसका ५ जना कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले काठमाडौँमा उपचार भैरहेको छ । 
नेपाली कांग्रेसप्रतिको जनलहरबाट अतालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा नेपाली कांग्रेसका उम्मेदवारहरुको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files