Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 18, 2017
नेता, पूर्व सभामुख एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ तनहुँका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलमाथि बम प्रहार भएको घटनाप्रति नेपाली कांग्रेसद्वारा घोर भत्र्सना र निन्दा

 मंसिर २, २०७४
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका नेता, पूर्व सभामुख एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ तनहुँका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं. १० स्थित नेपाल डाँडा नजिक आपराधिक समूहले प्रेसर कुकर बम प्रहार गरेका छन् । गोरखा जिल्लाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लम्जुङको वेशीशहरमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा करीब ३ः१५ बजे नेता रामचन्द्र पौडेल चढ्नु भएको सवारी साधनमाथि बम प्रहार भएको थियो । सवारी साधनमा क्षति पुगेको भएता पनि नेता पौडेल सुरक्षित हुनुहुन्छ । नेता पौडेलको सुरक्षार्थ खटिनु भएका सुरक्षाकर्मीहरु भने घाइते भएका छन् । 
नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका घटनाहरु घटिरहनु अत्यन्त दुःखद विषय 
हो । जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् । 
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files