Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 28, 2018
केन्द्रीय सदस्य पूर्णबहादुर खड्काको ममतामयी माता मायादेवी खड्को निधनप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

 माघ १४, २०७४
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य, पूर्व सहमहामन्त्री एवं पूर्व मन्त्री पूर्णबहादुर खड्काको ममतामयी माता ९४ वर्षीया मायादेवी खड्काको गए राति ४ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय खड्काको चार छोरा र छ छोरीहरु हुनुहुन्छ । 
 
नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले मायादेवी खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 
 
नेपाली कांग्रेस मायादेवी खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय सदस्य पूर्णबहादुर खड्का सहित सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files