Feb 09, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ माघ २६ गतेको बैठको निर्णय
माघ २६, २०७४
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक वैठक पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा आज वस्यो ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल, संविधानसभाबाट नेपालको संविधान जारी गर्ने अभियानका नेतृत्वकर्ता, नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको तेस्रो पुण्य स्मृति दिवसका दिन परेकोले केन्द्रीय कार्यसमितिको आजको बैठकको प्रारम्भमा नै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
केन्द्रीय कार्यसमितिको निर्णयः
१. “नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान, २०७४” सुझाव सहित सर्वसम्मत् रुपमा पारित गरियो ।
शोक प्रस्ताव ः
नेपाली कांग्रेस चिवतनका पूर्व महाधिवेशन प्रतिनिधि वामदेव खनालका सुपुत्र एवं नेपाली कांग्रेसका क्रियाशील सदस्य माधव खनालको असामयिक निधनप्रति कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना सहित उहाँका शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Attachments#
No files