Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 25, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ फागुन १३ गते बसेको बैठकको निर्णय

 फागुन १३, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक सभापति शेरवहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर ललितपुरमा आज सम्पन्न भयो ।  
 
केन्द्रीय कार्यसमितिको निर्णयः
 
१. प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुको फागुन १२ को संयुक्त बैठकले सर्वसम्मत रुपमा पारित गरेको “नेपाली कांग्रेस संसदीय दलको विधान 
(संशोधित तथा परिमार्जन सहित, २०७४)” लाई सर्वसम्मत अनुमोदन । 
 
२. नेपाली कांग्रेस संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचनका लागि देहाय बमोजिम ३ सदस्यीय निर्वाचन समिति गठन ।
संयोजक – श्री चिनकाजी श्रेष्ठ
सदस्य – श्री भीष्मराज आङ्दम्वे
सदस्य – श्री नविन्द्रराज जोशी
 
३. संविधानको धारा ८६ को उपधारा (२) को (ख) बमोजिम राष्ट्रिय सभामा ३ सदस्य मनोनयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको सिफारिस सम्माननीय राष्ट्रपतिले स्वीकृत नगर्नु संविधानको धारा ६६ को उपधारा (२) को ठाडो उल्लंघन भएको ठहर । निर्वाचन प्रयोजनका लागि गठन भएको सरकारले सबै तहको निर्वाचन सम्पन्न गरेर संविधानको धारा ८६ को उपधारा (२) को (क) बमोजिम राष्ट्रिय सभामा निर्वाचनको प्रकृयाबाट ५६ जनाको चयन गरिसक्दा सोही धारा र उपधाराको (ख) बमोजिम ३ जनाको मनोनयनलाई सिफारिस गर्नु व्यवहारिक र संवैधानिक कदम थियो । यसर्थ, बैठकले सम्माननीय राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गर्दै घोर भत्र्सना गरेको छ ।  
 
बैठक प्रारम्भ गर्दै सभापति देउवाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको गम्भीर समिक्षा गरेर प्राप्त निष्कर्ष बमोजिम पार्टीलाई अघि बढाउने सन्दर्भमा आगामी बैठक मार्फत निर्णय गरिने जानकारी गराउनु भएको थियो । 
 
बैठकमा केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, अर्जुननरसिंह के.सी., डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, धनराज गुरुङ, पुष्पा भुसाल, मिन विश्वकर्मा, सिता गुरुङ, चिनकाजी श्रेष्ठ, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, प्रवक्ता विश्वप्रकाश शर्मा, रमेश लेखक र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले आफ्नो धारणा राख्नु भएको थियो । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files