Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 07, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७४ फागुन २३ गते बसेको बैठकको निर्णयहरु

 फागुन २३, २०७४
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक सभापति शेरवहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर ललितपुरमा आज सम्पन्न भयो ।  
 
केन्द्रीय कार्यसमितिको निर्णयः
 
१. यही फाल्गुण २९ गते सम्पन्न हुन गइरहेको नेपालको राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व सभाषद् कुमारी लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गर्दछ । 
शहिद देवानसिंह राईकी छोरी, अंग्रेजी विषयमा स्नाकोत्तर भोजपुर जिल्ला निवासी कुमारी लक्ष्मी राई नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत पाँच दशकदेखि निरन्तर सक्रिय महिला नेतृ हुनुहुन्छ ।
 
२. शोक प्रस्ताव ः
नेपाली कांग्रेसको सातौं महाधिवेशनमा पार्टीको दाङ्ग जिल्ला सभापतिका प्रत्यासी तथा लामो समयसम्म दाङ्ग जिल्ला कार्य समितिका सल्लाहकारका रुपमा सक्रिय रहनु भएका समाजसेवी तथा पार्टीका अग्रज व्यक्तित्व तुल्सीपुर उपमहानगरपालिका १२ निवासी ९३ बर्षिय इश्वरी प्रसाद उपाध्याय, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभाका सदस्य, पूर्व राज्यमन्त्री श्री देवेन्द्रराज कंडेलका ससुरा वुवा, पार्टीका महासमिति सदस्य मन्जु कंडेल तथा पार्टीको बुटवल उपमहानगरपालिका कार्यसमितिका पूर्व सचिव दिनेश खातीका पिता प्रजातन्त्र सेनानी लेखबहादुर खाती, सप्तरी जिल्ला निवासी पार्टीका महाधिवेशन प्रतिनिधि शशी माझी तथा धनुषा मिथिला नगरपालिका ८ निवासी स्वतन्त्रता सेनानी जुगेश्वर महतोको असामयिक निधन हुन गएकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख प्रकट गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ ।
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files