Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 13, 2018
नेपाली कांग्रेस झापाका सचिव ४७ वर्षीय लक्ष्मण खड्काको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 चैत्र ३०, २०७४
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, झापाका सचिव ४७ वर्षीय लक्ष्मण खड्काको गए राति भारतको नयाँ दिल्ली स्थित गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको छ । वि.सं. २०७४ मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा झापाको संसदीय क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट स्व. खड्का उम्मेदवार हुनुहुन्थ्यो । 
स्व. खड्काले नेपालमा लोकतन्त्र पुनस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले झापाका सचिव खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । स्व. खड्काले नेपाली कांग्रेसको संगठनमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट पार्टीले अपूरणीय क्षति वेहोर्नु परेको बताउनु भएको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 
 
नेपाली कांग्रेस स्व. खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files