Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 29, 2018
बुद्ध जयन्तीको शुभ–कामना सन्देश

 (भोलि वैशाख १७ गते वुद्ध जयन्तीका अवसरमा प्रकाशन तथा प्रसारण गर्नका लागि)
वैशाख १६, २०७५
 
 
 
बुद्ध जयन्तीको 
शुभ–कामना सन्देश
 
२५६२ औं बुद्ध जयन्तीको यो पुनीत अवसरमा म बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्दछु । 
नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ । यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास र शान्ति नै हो ।
दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ । त्यसैले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो । विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन । शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका छन् । हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ । 
शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गरौं ! अशान्ति, हत्या र हिंसाको विरोध गरौँ । बुद्ध जयन्तीको अवसरमा यही मेरो हार्दिक शुभ–कामना !
 
 
शेरबहादुर देउवा
सभापति
 
Share on Facebook

Attachments#
No files