Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 02, 2018
वडा इकाई सभापति एवं पूर्व गा।वि।स। अध्यक्ष ७० वर्षीय रामदेव यादवको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

वैशाख १९, २०७५
 
शोक विज्ञप्ति
 
सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नं. १२ वेलहा निवासी नेपाली कांग्रेसका वडा इकाई सभापति एवं पूर्व गा.वि.स. अध्यक्ष ७० वर्षीय रामदेव यादवको गए राति सिरहा स्थित उहाँकै निवासमा निधन भयो । उहाँ विगत केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय यादवले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files