Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 14, 2018
भारतीय सांसद कीर्ति आजादको दुराशयपूर्ण अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण

 वैशाख ३१, २०७५

प्रेस विज्ञप्ति

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनु भएको बेला भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीट मार्फत् गरेको आपत्तिजनक अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ । दुई देश बीच सदियौं देखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ । भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना 
गर्दछ । 

स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदबाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सह्य हुन नसक्ने विषय हो । यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files