Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 03, 2018
बझाङका पूर्व सभापति ७८ वर्षीय ज्योतिप्रकाश जोशीको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो गहिरो दुःख व्यक्त

 जेठ २०, २०७५
 
 
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङका पूर्व सभापति ७८ वर्षीय ज्योतिप्रकाश जोशीको हिजो जेठ १९ गते कैलालीको धनगढी स्थित आफ्नै निवासमा निधन भयो । स्वर्गीय जोशी लामो समयदेखि मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय जोशीले २०३६ को जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । २०४२ सालको सत्याग्रह, २०४६ को ऐतिहासिक जनआन्दोलन र २०६२–६३ मा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीको लागि भएको ऐतिहासिक जनआन्दोलनका क्रममा उहाँले जेल जीवन व्यतित गर्नु भएको थियो । स्वर्गीय जोशी दुई कार्यकाल बझाङ जिल्लाको सभापति हुनु भएको थियो । उहाँले नेपालमा लोकतन्त्र स्थापनाको आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको श्रीमती, दुई छोरी र तीन छोराहरु हुनुहुन्छ । 
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गर्नु भएको छ । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 
 
स्वर्गीय जोशीले पु¥याउनु भएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files