Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 07, 2018
दिलबहादुर घर्ती, शिवप्रसाद हुमागाई र शीला शर्मा खड्का केन्द्रीय सदस्यमा र दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्ट महाधिवेशन र महासमिति सदस्यमा मनोनित

 जेठ २४, २०७५


प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवाले, नेपाली कांग्रेसको विधान २०१७ 
(संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम श्री दिलबहादुर घर्ती (लम्जुङ), श्री शिवप्रसाद हुमागाई (काभ्रे) र श्रीमती शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ । 

यसैगरी, सभापति मा. शेरबहादुर देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम श्री दमननाथ ढुंगाना (काठमाडौँ), श्री तीर्थराम डंगोल (काठमाडौँ) र श्री हिरादत्त भट्ट (कैलाली) लाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गर्नु भएको छ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files