Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 10, 2018
नेपाल तरुण दल, पर्साका अध्यक्ष ४२ वर्षीय वीरेन्द्र पटेलको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 

जेठ २७, २०७५

शोक विज्ञप्ति

नेपाल तरुण दल, पर्साका अध्यक्ष ४२ वर्षीय वीरेन्द्र पटेलको गए राति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय पटेल विगत दुई महिनादेखि मृगौला, श्वासप्रश्वास र प्याङक्रियाजको समस्याबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय पटेलले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाल तरुण दल र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । 

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको अल्पायुमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ । 

स्वर्गीय पटेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज अपरान्ह पार्टीको केन्द्रीय कार्यालयमा राखिएको थियो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । त्यसैगरी पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का लगायत केन्द्रीय सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि पार्टी र नेपाल तरुण दलका नेता एवं कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । 

उहाँको अन्तिम संस्कार पर्सामा गरिने भएकोले पार्थिव शरीरलाई आजै पर्सा लगिएको छ । 

स्वर्गीय पटेलको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 


कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files