Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 15, 2018
सुर्खेत घटनाका सम्बन्धमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्ति

 असार १, २०७५
 
 
प्रेस विज्ञप्ति
 
हिजो मिति २०७५ जेठ ३१ गते सुर्खेतमा भएको घटनाका प्रति नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यानाकृष्ट भएको छ । निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शन पश्चात नेपाली कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन । सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो । पञ्चायतकालमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएनन् । तर कम्युनिष्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ । 
 
यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र होइन सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी दिन चाहन्छु । धन्यवाद । जय नेपाल !
 
 
 
 
विश्वप्रकाश शर्मा
प्रवक्ता
Share on Facebook

Attachments#
No files