Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 02, 2018
डा। गोविन्द के।सी।को गिरफ्तारीका सन्दर्भमा जारी प्रेस विज्ञप्ति

असार १८, २०७५


प्रेस विज्ञप्ति

जुम्लामा गरिएको डा. गोविन्द के.सी.को गिरफ्तारीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । 

सरकारका गलत कर्महरुको विरोध गर्न संसद, सडक या प्रेस मार्फतको प्रस्तुति विल्कुलै स्वभाविक हुन्छ भने न्यायोचित माग राखेर अनशनको सत्याग्रहलाई लोकतन्त्रमा झनै विशिष्ट शैलीका रुपमा लिइन्छ । तर संसदमा उठ्ने प्रश्नमा प्रधानमन्त्रीले हलुका जवाफ दिने, सडकमा गर्ने प्रदर्शनमा निषेधाज्ञा लगाउने, प्रेस जगतमा क्रमशः हस्तक्षेप बढाउने तथा अनशनमा धरपकड गर्ने, यो क्रमिक श्रृंखलाले सरकारको लोकतान्त्रिक मूल्यप्रतिको विश्वासमा प्रश्न खडा गरेको छ । 

सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा कि निश्चित नियतका साथ प्रस्तुत हुँदै गएको पछिल्लो उदाहरण हो चिकित्सा शिक्षा अध्याधेश माथिको व्यवहार । सरकारले समयमै सच्चिनु र जिम्मेवार ढंगले अघि बढ्न र सुझाव दिनु हाम्रो कर्तव्य हो । तर सरकार गम्भीर बनेन भने संसद, सडक, प्रेस, सामाजिक सन्जाल र अनशन समेतको चौतर्फी दबाब झेल्न कठिन हुने चेतावनी दिन चाहन्छु । 


विश्वप्रकाश शर्मा
प्रवक्ता
 
Share on Facebook

Attachments#
No files